१७ वर्षअघि दोस्रो घरबार, अहिले झ्यालखाना

समाधान संवाददाता २०७७ असार २१ गते २०:५६

समाधान संवाददाता, पोखरा

विभिन्न २ मुद्दामा अदालतबाट दोषी ठहर भएका २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

बहुविवाह मुद्दाका दोषी पोखरा २६ विजयपुरका खड्कबहादुर गुरुङ १७ वर्षपछि आइतबार पक्राउ परेका हुन् ।

Advertisement

गुरुङलाई कास्की जिल्ला अदालतबाट २०६० चैत १९ मा बहुविवाह मुद्दामा १ वर्ष ११ महिना २१ दिन कैद र १० हजार जरिवाना सजाय सुनाएको थियो ।

जिल्लाबाट खटिएको प्रहरी टोलीले पोखरा १३ कमलपोखरीबाट उनलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

Advertisement

अर्का फरार प्रतिवादी पक्राउ पर्नेमा पोखरा १० अमरसिंहका ४४ वर्षीय ओमबहादुर सिग्देल छन् ।

उनी विरुद्ध २०७२ पुस ५ मा कास्की जिल्ला अदालतले वन पैदावार मुद्दामा ३ हजार १ सय १६ रुपैयाँ जरिवाना फैसला गरेको थियो ।

वडा प्रहरी रामबजारको टोलीले सिग्देलालाई पक्राउ आइतबार नै पक्राउ गरेको हो ।

पक्राउ दुबैलाई अदालतमा पेस गरिसकेको प्रवक्ता हमालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया