गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा २ विधेयक प्रमाणीकरण

समाधान संवाददाता २०७७ भदौ ९ गते १२:३१

पोखरा

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभाले पारित गरेका २ विधेयक प्रमाणीकरण गरेका छन् ।

नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम सोमबार प्रदेश प्रमुख शेरचनले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश विकास समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

Advertisement

यसअघि, यी २ विधेयक गण्डकी प्रदेशसभाबाट पारित भई सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया