मुख्यमन्त्रीकाे सुरक्षामा खटिएका ३ प्रहरीमा काेराेना पुष्टि

समाधान संवाददाता २०७७ भदौ १० गते ६:०३

पाेखरा

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिने एकजना हवल्दारसहित ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार ३ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो।

Advertisement

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रतितसिंह राठौरले उनीहरुमध्ये १ जना हवल्दार र २ जना प्रहरी जवान रहेको जानकारी दिए।

उनीहरु मुख्यमन्त्रीको स्कर्टिङमा खटिदै आएका थिए। मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुको पीसीआर स्वाब परीक्षण गर्ने क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको राठौरले जानकारी दिए।

Advertisement

यसअघि ५ दिनअघि पनि इलाका प्रहरी कार्यालय बुटवलका एकजना प्रहरीमा संक्रमण देखिएको थियो। उनीहरु सबैजना आइसोलेसनमा छन्।

तपाईको प्रतिक्रिया