लमजुङका १२ जना प्रहरीसहित गण्डकीमा २० संक्रमित थपिए

समाधान संवाददाता २०७७ भदौ १२ गते १८:३२

समाधान संवाददाता, पोखरा

लमजुङमा १६ सहित गण्डकी प्रदेशभर २० जनामा कोरोना पुष्टि भएको छ । याे सहित शुक्रबार गण्डकी प्रदेशमा ५१ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा लमजुङमा १६ जना थपिँदा १२ प्रहरीमा कोरोना देखिएको छ । लमजुङका १ जना थुनुवामा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ ।

Advertisement

लमजुङबाहेक नवलपुरमा ४ संक्रमित थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएकाे छ ।

यी २० सहित गण्डकी प्रदेशमा संक्रमितकाे संख्या २ हजार ५६ पुगेकाे छ । अहिलेसम्म १० जनाकाे मृत्यु भएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया