गोरखाका पुरुषको भरतपुर अस्पतालमा मृत्यु, गण्डकीमा मृतक ११ पुगे

समाधान संवाददाता २०७७ भदौ १३ गते १०:५३

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । गोरखा नगरपालिका १३ मजुवाका ३८ वर्षे पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै गण्डकीमा मृतकको संख्या ११ पुगेको हो ।

६ भदौमा अस्पतालमा भर्ना भएका ती युवकमा १० भदौमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका कोभिड १९ क्लिनिकल कोअडिनेटर डा प्रमोद पौडेलले जानकारी दिए। ती पुरुषको स्वास्थ्य अवस्था गम्भीर भएपछि आइसियुमा उपचार भइरहेको थियो ।

Advertisement

गण्डकीमा मृत्यु हुनेमा कास्कीका ३, स्याङ्जाका २, गोरखाका २, म्याग्दी, लमजुङ, बागलुङ र तनहुँका १/१ जना छन्।

Advertisement

तपाईको प्रतिक्रिया