तनहुँमा २२ र बाग्लुङमा २ जनामा काेराेना संक्रमण पुष्टि

समाधान संवाददाता २०७७ भदौ १४ गते ११:३२

समाधान संवाददाता

तनहुँ जिल्लाकाे भानु गाउपालिकामा आइतबार एकै दिनमा २२ जनामा काेराेना भाइरस संक्रमण भएकाे पुष्टि भएकाे छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार भानु गाउपालिकाकाे वडा नम्बर ६ का ९ पुरुष संक्रमित भएका छन् भने वडा नम्बर ७ मा १० पुरुष र ३ महिला गरी १३ जनाका काेराेना पुष्टि भएकाे छ ।

Advertisement

त्यस्तै बाग्लुङकाे तमानखाेला गाउपालिकामा २ जना संक्रमित भएका छन् । ती मध्ये एक जना स्वास्थ्यकर्मी र एक जना स्थानीय व्यापारी भएकाे निर्देशनालयले जारी गरेकेा विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया