पोखरामा पर्यटन व्यवसायीलाई कोरोना संक्रमण

समाधान संवाददाता २०७७ भदौ १६ गते १२:०१

समाधान संवाददाता, पोखरा

पोखरामा एक पर्यटन व्यवसायीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा ६ का ४५ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको हाे ।

पाेखरा महानगरपालिका स्रोतका अनुसार ती संक्रमितको लेकसाइडमा ट्रेकिङ एजेन्सी छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी चरक मेमोरियल हस्पिटल पुगेका थिए । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । पोखरामा आज अर्की युवतीमा पनि कोरोना पुष्टि भएको छ । पोखरा १३ की २४ वर्षीया युवतीमा पोजेटिभ देखिएको हो ।

Advertisement

‘स्वास्थ्य निर्देशनालयको विज्ञप्तिमा पुरुषलाई महिला र महिलालाई पुरुष लेखिएको रहेछ,’ महानगर स्रोतले भन्यो । पोखरा १३ की संक्रमित २ दिन पहिले कोरोनाबाट मृत्यु भएका पुरुषकी छोरी हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया