कास्की प्रहरीले एकैदिन समायो २८ फरार प्रतिवादी

समाधान संवाददाता २०७७ भदौ १७ गते १५:०२

समाधान संवाददाता, पोखरा

विभिन्न मुद्दामा जिल्ला अदालत र प्रशासनबाट दोषि ठहर भएका २८ जना फरार प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी सकेको अवस्थामा भुक्तान नगरी फरार रहँदै आएकाहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जा कोल्मा घर भई हाल पोखरा महानगरपालिका २७ बस्ने सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएका २१ वर्षीय अनिल थापा मगर, पोखरा महानगरपालिका १० बस्ने बैंकिङ कसुर मुद्दामा ७ दिन कैद सजाय र ९ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएका ५३ वर्षीय धिरज गुरुङ छन् ।

Advertisement

अन्य २६ जना भने सार्वजनिक अपराध मुद्दामा ३ सय ५० रुपैयाँ देखि ५ हजार रुपैयाँसम्म जरिवाना भुक्तान नगरी फरार रहँदै आएकाहरु रहेकाे कास्की प्रहरीले जनाएकाे छ । उनीहरुलाई मातहतका प्रहरी कार्यालय जिल्लाकाे टाेलीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेहरुलाई कारवाही प्रक्रियाका लागि जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय कास्कीमा पेस गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया