पाेखरामा २९ सहित गण्डकीमा ३१ काेराेना संक्रमित थपिए

समाधान संवाददाता २०७७ भदौ १८ गते १३:२४

समाधान संवाददाता

पाेखरा महानगरपालिकामा फेरि २९ जना काेराेना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थय निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ती अनुसार पाेखरामा २९ र तनहुँमा २ गरी गण्डकी प्रदेशमा ३१ जना थपिएका छन् ।

Advertisement

निर्देशनालयका अनुसार वडा नं १ , १६ , ३० र ५ मा १–१ जना संक्रमित भएका छन् भने वडा नं १३ मा दुइ जना , १२ मा ८ जना , १० मा ७ जना , २७ मा ३ जना , १४ मा २ जना र ८ मा २ जनालाई काेराेना भाइरस लागेकाे छ ।

२९ जना मध्ये १ जनकाे वडा खुलाइएकाे छैन्न ।

Advertisement

तनहुँको व्यासमा दुइ संक्रमित फेला परेका छन् । उनीहरु वडा नं १ र ४ का महिला हुन् ।

तपाईको प्रतिक्रिया