पोखरा र नवलपुरका ३७ वर्षे २ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ भदौ १८ गते १९:२२

समाधान संवाददाता

पोखरामा थप १ संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा ६ का ३७ वर्षे पुरुषको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका ६ का ती पुरुष संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट आजै रेफर भएर आएका थिए । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले उनको आइसियुमा उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेका छन् ।

Advertisement

साँझ ५:२० बजे क्षेत्रीय अस्पताल ल्याइपुर्‍याइएका ती पुरुषको मृत्यु ५:५० बजे भएको थियो ।

यस्तै नवलपुरका एक कोरोना संक्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । गैंडाकोट नगरपालिका २ का ३७ वर्षे पुरुषको बिहीबार दिउँसो मृत्यु भएको हो ।

Advertisement

हेपाटाइटिस र मृगौला पीडित उनी गत ९ भदौमा अस्पताल पुगेका थिए । १० भदौमा कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । कास्कीका ५, गोरखा र तनहुँका ३, स्याङ्जा र नवलपुरका २/२, म्याग्दी, लमजुङ र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ । गण्डकीमा कोरोना संक्रमितको संख्या २३ सय १२ पुगेको छ । तीमध्ये १७ सय ६६ संक्रमित निको भएका छन् ।

तपाईको प्रतिक्रिया