अर्थमन्त्री खतिवडाले आजै राजीनामा दिने
समाधान संवाददाता
२०७७ भदौ १९ गते १५:०६

समाधान संवाददाता, काठमाण्डाैं ।
अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आजै राजीनामा दिने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकमा उनले राजीनामा दिने घाेषणा गरेका हुन् ।
६ महिनाअघि सांसद नभैकन पनि अर्थमन्त्रीकाे सपथ ग्रहण गरेका उनी याे बीचमा राष्ट्रिय सभामा जाने प्रयासमा असफल भए । रिक्त भएकाे एक मात्र पदमा सत्तारुढ दल नेकपाले वामदेव गाैतमलाई पठाउने निर्णय गरेपछि उनी अवधि भाेली शनिबार अन्तिम थियाे । त्यसैले शुक्रबार नै राजीनामा दिन लागेका हुन् ।
आजकाे बैंठक उनके अन्तिम बैठक हाे । त्यसैले प्रधानमन्त्री ओलीले अप्ठ्यारो बेला सरकारमा बसेर काम गरेको भन्दै धन्यवाद दिएका छन् ।
अब उनले प्रधानमन्त्री कै आर्थिक सल्लाहकारका रुपमा काम गर्ने अनुमान गरिएकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया