देशभर थपिए १३५९ जना संक्रमित

समाधान संवाददाता २०७७ भदौ १९ गते १६:३५


काठमाडौं


देशभरमा शुक्रबार एकैदिन १ हजार ३५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४४ हजार २३६ पुगेको छ । तीमध्ये सक्रिय संक्रमण १८ हजार ४०४ जनामा छ ।


आज कोभिड १९ संक्रमण पुष्टि भएकामध्ये काठमाडौंका ३८६ जना, ललितपुरका ३२ जना र भक्तपुरका ३६ जना छन् । जसअनुसार काठमाडौं उपत्यकामा संक्रमण कुल ४५४ जनामा पुष्टि भएको हो ।

Advertisement


यसैगरी पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर डिस्चार्ज हुने एक हजार ३५४ जना छन् । यसरी हालसम्म कुल २५ हजार ५६१ जना कोरोना मुक्त भइसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया