गण्डकीका प्रहरी प्रमुख डिआइजी अर्याललाई कोरोना पुष्टि

समाधान संवाददाता २०७७ भदौ २१ गते ११:४९

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ ।

कन्ट्याक ट्रेसिङका आधारमा उनको स्वाब परीक्षण गरिकोमा आइतबार बिहान रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

नेपाल प्रहरीकाे सशस्त्र गणमा कार्यरत प्रहरीहरुमा काेराेना देखिएसँगै पाेखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरी कर्मचारी जाेखिमममा परेका थिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरीमा १ महिना पहिला काेराेना देखिएपछि जिल्लाकाे सुरक्षाका लागि उक्त गणबाट प्रहरी खटिएका थिए ।

Advertisement

उताबाट फर्किएर क्वारेन्टाइनमा बसेका प्रहरीकाे काेराेना रिपाेर्ट पाेजेटिभ आएकाे थियाे ।

त्यही गणमा पार्टी खान पुगेका गण्डकी प्रदेशकै १ सा‌ंसदमा काेराना पुष्टि भएर अहिले हाेम आइसाेलेसनमा छन् ।

काेराेनाकाे महामारी भएका बेला पनि भिआइपीहरुकाे पार्टी भने भित्रभित्रै चलिरहेका कारण खतरा झनै बढेकाे छ ।

तपाईको प्रतिक्रिया