लमजुङमा थपिए १४ जना काेराेना संक्रमित

समाधान संवाददाता २०७७ भदौ २१ गते १८:४०

समाधान संवाददाता

लमजुङमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । सुन्दरबजार नगरपालिकामा ६, बेसीसहर नगरपालिकामा ४, राइनास नगरपालिकामा ३ र मस्याङदी गाउँपालिकाका १ जनामा पोजेटिभ देखिएको हो ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५ सय ३१ पुगेको छ । तीमध्ये १७ सय ८५ जना निको भएका छन् भने १९ को मृत्यु भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया