पाेखरा फुड्समा कार्यरत ५९ जनालाई काेराेना संक्रमण

समाधान संवाददाता २०७७ भदौ २२ गते ८:११

समाधान संवाददाता, पाेखरा ।

पोखराको औद्योगिक क्षेत्रमा रहेको उद्योग पोखरा फुड्स प्रालिमा कार्यरत ५९ जना मजदुर कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

३ दिन अघि परिक्षणकाे परिक्षण नतिजामा ३४ जनामा संक्रमण पुष्टि भएको थियो भने आज सोमबार विहान आएको परिक्षण नतिजामा थप मजदुर कर्मचारी संक्रमित पाइएका हुन् । आज थपिएका पोखराका ३१ जना संक्रमित मध्ये २५ जना पोखरा फुड्समै कार्यरत मजदुर र कर्मचारी हुन् ।

Advertisement

यी सबै बिष्कुट फ्याक्ट्रीमा कार्यरत मजदुर कर्मचारी हुन् । ती मध्ये कसैलाई पनि कोरोना भाइरस संक्रमणको लक्षण नरहेको उद्योग प्रशासनका एक उच्च अधिकारीले जानकारी दिए ।

३ दिन देखि नै उद्दाेग बन्द छ र ती मजदुर कर्मचारीकाे सम्पर्कमा रहेका अन्य मजदुर मजदुर कर्मचारीकाे पनि खाेजी गरिदैछ ।

Advertisement

पाेखरा फुड्स प्रालि उद्योग हरि पाण्डेकाे उद्योग हाे ।

तपाईको प्रतिक्रिया