पोखरा २०, जहाँ आजसम्म एक जना पनि संक्रमित भेटिएका छैनन्

समाधान संवाददाता २०७७ भदौ २२ गते २०:३६

समाधान संवाददाता, पोखरा

पोखरामा सोमबारसम्म ४ सय ५३ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये २ सय ३२ जना निको भएका छन् भने ७ को मृत्यु भएको छ ।

पोखरामा ३ सय १७ महिला र १ सय ३६ पुरुषमा कोरोना पुष्टि भएको पोखरा महानगरपालिकाका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिए । पोखरा २० मा सोमबारसम्म एक जना पनि संक्रमित भेटिएका छैनन् ।

Advertisement

सबैभन्दा धेरै संक्रमित पोखरा ८ मा ३८ जना छन् । पोखरा २३ २४ र ३१ मा १/१ जनामा पोजेटिभ देखिएको छ ।

कुन वडामा कति भेटिएका छन् संक्रमित

Advertisement

तपाईको प्रतिक्रिया