गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो
समाधान संवाददाता
२०७७ भदौ २३ गते १०:१९

समाधान संवाददाता
गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १ की ६३ वर्षीया महिलाको आइतबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
उनको काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा मृत्यु भएको हो ।ब्रेन ट्युमर र मृगौलाको समस्या भएकी उनमा १९ भदौमा कोरोना पुष्टि भएको थियो ।
कास्कीका ६, गोरखाका ४, तनहुँका ३, स्याङ्जा र नवलपुरका २/२, म्याग्दी, लमजुङ र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया