९०२ सङ्क्रमित थपिए, झण्डै २३ सय ‘डिस्चार्ज’

समाधान संवाददाता २०७७ भदौ २३ गते १७:३४

काठमाण्डाैं ।

पछिल्लो २४ घण्टामा मुलुकभर ९०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ४८ हजार १३८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई दुई हजार २८७ जना ‘डिस्चार्ज’ भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ३२ हजार ९६४ जनाले कोरोना जितेका छन् ।

कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा छ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३०६ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया