कांग्रेस महामन्त्री शशांक काेइरालालाई काेराेना संक्रमण

समाधान संवाददाता २०७७ भदौ २३ गते १८:०१

समाधान संवाददाता

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण भएको छ ।

साेमबार साँझ स्वाब दिएका काेइरालाकाे मंगलबार कोरोना पोजेटिभ देखिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिएका छन् ।

Advertisement

स्वकीय सचिव तिवारीका अनुसार कोइरालालाई सोमबार  ज्वरो आएकाे थियाे । त्यसैले कोरोनाको आशंकामा सोमबार ह्याम्स अस्पतालमा काेराेना परीक्षण गराउँदा रिपोर्ट पाेजिटिभ आएकाे थियाे । तर बाेर्डर लाइनमा भएका कारणा थप परिक्षण गर्न फेरि स्वाब दिइएकाे थियाे ।

त्यसपछि पुनः स्वाव संकलन गरेर सानेपास्थित स्टार अस्पतालमा परीक्षणका लागि पठाइएमा रिपोर्ट पोजेटिभ आएको तिवारीले जानकारी दिए । 

Advertisement

उनले आफूसहित सचिवालयका सदस्य र केही केन्द्रीय सदस्यको समेत स्वाव परीक्षणका लागि लगिएको र रिपोर्ट भने आइनसकेकाे बताएका छन् ।

तपाईको प्रतिक्रिया