बाग्लुङमा पहिरोले घर पुर्दा २ महिलाकाे मृत्यु

पोखरा
बागलुङका जैमिनीमा आइतबार बिहान पहिरोले घर पुर्दा २ महिलाकाे मृत्यु भएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान साढे ७ बजेतिर जैमिनी नगरपालिका ५ बिनामारेका नीलकण्ठ पौडेलको पहिरोले पुर्दा ७५ वर्षे जाल्पादेवी पौडेलको मृत्यु भएको छ
घर माथिबाट बासको झाङसहितको पहिरो आएर घर पुर्दा नीलकण्ठकी आमाको पुरिएर मृत्यु भएको हो । घरमा ७ जना रहेकोमा नीलकण्ठ सामान्य घाइते भएका छन् । परिवारका अरु सदस्य भागेर ज्याउन बचाउन सफल भएका छन् ।
जैमिनीकै वडा नम्बर १ टुनिबोटमा पनि पहिरोले पुरिएर आइतबार ६५ वर्षे लक्ष्मीदेवी पाध्याको मृत्यु भएको छ । मणिभद्र पाध्याको घरमाथिबाट सडकमा लगाएको ग्याबिन जाली सहितको पहिरो आए घर पुरिदा उनी पत्नीको मृत्यु भएको हो । घरमा पुरिएका मणिभद्र र उनकी छोरीको भने सकुसल उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।
फाइल फाेटाे







चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया