पहिरोले घर पुर्दा स्याङ्जामा ८ बेपत्ता, २ जनाको मृत्यु

समाधान संवाददाता २०७७ असोज ८ गते ८:१७

समाधान संवाददाता
स्याङ्जा

अविरल वर्षाका कारण स्याङ्जामा घरभित्रै ८ जना पुरिएका छन् । वालिङ नगरपालिका वडा नम्बर १४ स्थित माया परियारको घर पहिरोले पुरिँदा ८ जना घर भित्रै परेका हुन् ।

बिहीबार बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको स्थानीय समाजसेवी राजु कुँवरले जानकारी दिए ।

Advertisement

१० जनाको परिवार रहेकोमा १ जनालाई जीवितै उद्धार गरी उपचारका लागि लगिएको छ भने १ महिलाको शव बाहिर निकालिएको हो । घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको प्रहरीले बताएको छ ।

प्रहरी र स्थानीयबासी मिलेर उद्धार गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement

अविरल वर्षासगै आएको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलमा १ जनाको ज्यान गएको छ । पहिरोमा परि बाबुराम दमाईका १६ वर्षे य छोरा विष्णुबहादुर परियारको मृत्यु भएको हो ।

फाइल तस्बिर

तपाईको प्रतिक्रिया