अब पिसिआर रिपोर्ट सम्बन्धित व्यक्तिलाई

समाधान संवाददाता २०७७ असोज १२ गते ९:१५

समाधान संवाददाता, पोखरा

सबै प्रयोगशालाले अब पिसिआर परीक्षणको रिपोर्ट सम्बधित व्यक्तिलाई दिन पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ वा पोजेटिभ जे भए पनि सम्बन्धित व्यक्तिलाई दिन प्रयोगशालालाई निर्देशन दिइएको बताए ।

Advertisement

यसअघि प्रयोगशालाले रिर्पोट नेगेटिभ आएको खण्डमा सम्बन्धित व्यक्तिलाई र पोजेटिभ आएमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई दिँदै आएका थिए ।

यसरी महाशाखालाई प्रयोगशालाले जानकारी गराएको आधारमा महाशाखाले पोजेटिभ देखिएका व्यक्तिलाई संक्रमण भएको जानकारी दिने गर्दथ्यो ।

Advertisement

नेपालमा ९ लाख ८८ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा ७३ हजार ३९४ जना संक्रमित भएका छन् ।

‘पहिलो पोजेटिभ आएका संक्रमितलाई स्वास्थ्य संस्थामा राख्ने व्यवस्था गरेका थियौं । अहिले आएर होम आइसोलेसनमा पनि राख्न सकिने व्यवस्था गरेका छौं,’ उनले भने, ‘धेरै संक्रसिमत घरमै बसिरहेका छन् । त्यसैले अब घरमा आइसोलेसनमा बस्ने सबैलाई प्रयोगशालाले आफै जानकारी गराउने छन् ।’

मन्त्रालयले पोजेटिभ रिर्पोट आएकालाई उपचारका लागि महाशाखालाई जानकारी गराउन भनेको थियो ।

यस्तै काठमाडौं, मोरङ, चितवन र सुर्खेतमा संक्रमणको दर उच्च देखिएको छ । ती स्थानमा ६० वर्ष उमेर पुगेका, दीर्घरोगीलाई घरबाट ननिस्कन मन्त्रालयका प्रवक्ता डा. गौतमले आग्रह गरे ।

तपाईको प्रतिक्रिया