गण्डकी प्रदेशमा आज ६५ जनामा कोरोना पुष्टि

समाधान संवाददाता २०७७ असोज १५ गते १८:५०

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा बिहीबार ६५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ७ जिल्लाका ६५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका २३, बागलुङका १६, लमजुङका १०, तनहुँ र नवलपुरका ५/५, स्याङ्जा र म्याग्दीका ३/३ जना छन् ।

Advertisement

योसहित गण्डकी प्रदेशमा कोरोना पुष्टि हुनेको संख्या ३९ सय ७५ पुगेको छ । तीमध्ये २७ सय ९३ जना निको भएका छन् भने ३३ संक्रमितको मृत्यु भएको छ ।

कोरोनाबाट मृत्यु हुनेमा कास्कीका १०, गोरखा र नवलपुरका ६/६, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया