थप २१२० जनालाई कोरोना, ८ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ असोज १७ गते १६:५६

समाधान संवाददाता

देशभर थप २१ सय २० जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ।

२४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर २१ हजार ३०२ जना सक्रिय संक्रमित छन्।

Advertisement

२४ घण्टामा थप २ हजार ४४ जना निको भएसँगै निको हुनेको संख्या ६२ हजार ७४० पुगेको गौतमले बताए ।

नेपालमा एकै दिन ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

Advertisement

योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २८ पुगेको छ।

७ वटा जिल्लाका २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सुनसरीमा २८ वर्षीया महिला, ललितपुरमा ८३ र ६८, सिन्धुपाल्चोकमा ४१, दोलखामा ६५ वर्षीय पुरुष, चितवनमा ७६ वर्षीया महिला र कैलालीमा ७९ वर्षीय पुरुषको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया