प्रधानमन्त्री निवास बालुवाटारका अधिकांश सुरक्षाकर्मी काेराेना संक्रमित

समाधान संवाददाता २०७७ असोज १७ गते १८:२८

समाधान संवाददाता, काठमाडौं ।

प्रधानमन्त्री निवास बालुवाटारकाे सुरक्षार्थ खटिएका ६५ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण भएको छ । सबैकाे विहीबार स्वाब संकलन गरिएकाे थियाे ।

प्रधानमन्त्रीकाे सुरक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तीनै युनिटका सुरक्षाकर्मीमा संक्रमण पाइएकाे हाे ।

Advertisement

स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ र सशस्त्र प्रहरीका १८ जनालाई कोरोना संक्रमण भएकाे छ । अरु केहीको रिपोर्ट आउनै बाँकी छ ।

शुक्रबार २ जना नेपाल प्रहरीका सुरक्षाकर्मीमा काेराेना पुष्टि भएकाे थियाे ।

Advertisement

शनिबार ३ जना सल्लाहकार र १ जना स्वकीय सचिवलाई काेराेना पुष्टि भइकाे थियाे ।

तपाईको प्रतिक्रिया