नवलपुरका संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

समाधान संवाददाता २०७७ असोज १८ गते ११:४३

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप १ संक्रमितको मृत्यु भएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ दुम्कीबासका ३६ वर्षे पुरुषको भरतपुर अस्पताल चितवनमा मृत्यु भएको हो ।

उनको शनिबार उक्त अस्पतालको कोभिड आइसियुमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ती पुरुषमा १३ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार उनमा कलेजो र मुटुको समस्या थियो ।

Advertisement

योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १०, नवलपुरका ७, गोरखाका ६, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया