संसदमा गुमाएकाे विवेक

समाधान संवाददाता २०७७ असोज २२ गते ७:१६

राजेन्द्र शर्मा

प्रदेशको राजधानी कहाँ हुन्छ भन्ने विषय केही राजनीतिक र केही भावनात्मक पनि हो । यसले आम जनतालाई असर नै गर्दैन । तर प्रदेश सरकारले आफ्नो अस्तित्व खुलाउने गरी सेवा प्रवाहलाई प्रभावित ढंगबाट गर्न सक्छ कि सक्दैन त्यो मूल विषय हो ।

मुलुकमा जे जति परिवर्तन भएका छन् त्यो नेपाली कांग्रेसको अग्रसरतामा भएको प्ररिप्रेक्ष्यमा रोस्टम अगाडि उभिएर शान्तिपूर्ण नाराबाजी गर्नु स्वाभाविक हो ।

Advertisement

लोकतान्त्रिक पार्टीका सांसदहरु संसदभित्र अराजकरुपमा प्रस्तुत भएर तोडफोडमै उत्रनुलाई राजनीतिक आचरण मान्नै सकिँदैन । यसले ती सांसदमात्र होइन ७ दसक पुुरानो दल कांग्रेसकै नीतिको उपहास गरेको छ । संसदीय अभ्यासकै मर्यादाविपरीत गरिने यस्ता गतिविधिमा उत्रनेहरुलाई अनुशासनको कारबाही हुनुपर्ने आवाज सबैतिरबाट उठिरहेको छ । कांग्रेसकै प्रवक्ता र अन्य नेताहरुले समेत सामाजिक सञ्जालबाट यस्तो प्रवृत्तिको विरोध गरेका छन् ।


लोकतान्त्रिक पार्टीका सांसदहरु संसदभित्र अराजकरुपमा प्रस्तुत भएर तोडफोडमै उत्रनुलाई राजनीतिक आचरण मान्नै सकिँदैन

Advertisement

राणा र राजाको शासन आन्दोलनको माध्यमद्वारा र माओवादी जनयुद्धलाई समेत वार्ताको माध्यमद्वारा सहजरुपमा अवतरण गरेको नेपाली कांग्रेसका नेता तथा कार्यकताहरु तोडफोडमा उत्रनु कदापि क्षम्य होइन । नेपाली कांग्रेसका कार्यकर्ताको चिनारी भनेकै शान्तिपूर्ण राजनीति, गान्धीवादी नीति र विपीको आर्दशलाई मानेर अगाडि बढ्ने हो ।

प्राविधिक रुपले कांग्रेस अहिले प्रतिपक्षमा छ । सरकारको स्वच्छ आलोचना गर्नु र गलत काममा लाग्नबाट विचलित हुन नदिनु प्रतिपक्षको दायित्व हो । संसदीय सर्वोच्चताको मर्यादा कायम गर्दै सम्मान गर्नसक्नु पर्छ जनप्रतिनिधिले ।

कांग्रेसका नेता कार्यकर्ताले के बुझ्नुपर्छ भने संसदीय व्यवस्था कम्युनिस्टहरुका लागि वाध्यता हो भने कांग्रेसका लागि रोजाइको पद्धति हो । विधि पद्धति नियमलाई मान्दै तिथि मिति मिलाएर गणतन्त्रलाई संस्थागत गर्ने कर्तव्य हामी नेपाली कांग्रेसको हो ।

राजनीतिक संस्कारलाई परिमार्जित र सुसस्कृत बनाउँदै अगाडि बढ्नुपर्छ कांग्रेस नेता कार्यकर्ताले । अरुका गल्तीलाई सच्चाउँदै अगाडि बढन प्रेरित गर्न कांग्रेसले आफ्ना कार्यकर्ता र नेताहरूलाई कदापि छोप्ने छैन । निर्मम एवं कठोर रुपमा सच्चाएर अगाडि बढने सार्मथ्य राख्दछ ।

कम्युनिस्टहरूका सपना र आश्वासनले आजित र दिक्क भएका नेपाली जनताले अब उनीहरूको भ्रमपूर्ण आश्वसनमा भुल्नेवाला छैनन् । अगामी निर्वाचनमा पर्खिएर बसेका छन् । नेकपाको विकल्पमा कांग्र्रेसलाई बहुमत देलान वा नदेलान भन्ने भविष्यको गर्भमा छ ।

गुट उपगुटलाई निस्तेज पार्दै विचार र नीतिका आधारमा आफ्ना कार्यकर्तालाई दिक्षीत गर्दै कम्युनिस्टहरूको भ्रमपूर्ण विचार र रणनीतिलाई चिर्दै अगाडि बढ्न सक्नु पर्दछ । संगठन निर्माण र आफ्नो कार्यकर्तालाई नैतिक बल दिने बेलामा पार्टी सभापति देउवाले गुण लगाएर कम्युनिस्ट सगं सत्तामा भाग मागेर गुजारा चलाउने स्थितिमा पुगेको छ कांग्रेस ।

अगामी दिनमा कांग्र्रेसले आफूलाई सुधार गर्नका लागि नेतृत्व तहले गुटउपगुटबाट टाढै राखी देश जनता र पार्टीप्रति प्रतिबद्धता बनाउँदै आशाको सञ्चार गराएर प्रशिक्षित गराउन सक्नु पर्दछ ।

कांग्रेस पुराना पुस्ताले शासन व्यवस्था त परिवर्तन गर्न सके तर अवस्थालाई पार लगाउन नसकेका कारण चिन्ता चिन्तनहीन पार्टी सभापति शेरबहादुर देउवाभन्दा अबको उत्तम विकल्प भनेको डा. शेखर कोइराला नै हो ।

कांग्रेस अब विस्तारै युवा पुस्ता नेतृत्वका लागि तयार हुनुपर्नेछ । के बुझ्नुपर्नेछ भने रक्तरन्जित युद्धबाट मिल्ने शक्तिभन्दा व्यक्तिभित्रको चेतना शक्तिशाली हुन्छ ।

तपाईको प्रतिक्रिया