पोखरामा विद्युत, सडक कार्यालयका कर्मचारी र कपडा पसलेलाई कोरोना

समाधान संवाददाता २०७७ असोज २४ गते १४:०८

समाधान संवाददाता, पोखरा

कास्कीमा थप १६ जनामा कोरोना पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १० र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ६ जनामा पोजेटिभ देखिएको हो ।

सबै संक्रमित पोखरा महानगरपालिकाका हुन् । कोरोना पुष्टि हुनेमा सडक कार्यालय पोखरामा कार्यरत पोखरा ७ का ३१ वर्षे पुरुष, विद्युत प्राधिकरण पोखरा १७ का ३५ वर्षे पुरुष र पोखरा १ का ३७ वर्षे कपडा पसल संचालक छन् ।

Advertisement

पोखरा २६ का २६ वर्षे होम डेकोर पुरुषलाई पनि पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरामा १६ सहित प्रदेशभर ४४ जना संक्रमित थपिएका छन् । कोरोना पुष्टि हुनेमा कास्कीका १६ बाहेक, नवलपुरका २३, लमजुङ, गोरखा, म्याग्दी, स्याङ्जा र पर्वतका १/१ जना छन् ।

Advertisement

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ सय ९२ पुगेको छ । तीमध्ये ३२ सय २७ जना निको भएका छन् । ४० संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ४, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया