फेवासिटीमा उपचारलाई आएका ६ बिरामीमा कोरोना पुष्टि

समाधान संवाददाता २०७७ असोज २४ गते १४:२३

समाधान संवाददाता, पोखरा

फेवासिटी हस्पिटलमा उपचारका लागि आएका ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखराका ५ र म्याग्दीको बेनी नगरपालिकाका १ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

उनका अनुसार पोखरा १९ का ४८ वर्षे पुरुष, पोखरा २ का ६२ वर्षे पुरुष, पोखरा १५ का ५१ वर्षे पुरुष, पोखरा १४ का ७७ वर्षे पुरुष र पोखरा ४ की २१ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

उपचारका लागि फेवासिटी आएकी बेनी नगरपालिका ५४ वर्षे महिलामा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया