भाैतिक मन्त्रालयकी इन्जिनियर र ओम अस्पतालकी कर्मचारी सहित गण्डकीमा १६ संक्रमित थपिए

समाधान संवाददाता २०७७ असोज २५ गते १०:१३

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनलायले सार्वजनिक गरेको आजको दोस्रो विज्ञप्ति अनुसार गण्डकी भर १६ संक्रमित थपिएका हुन् ।

आज थपिने संक्रमितमध्ये पोखरा ९ स्थित ओम अस्पतालकी १९ वर्षीया कर्मचारी हुन् । पोखरा १७ घर भएकी ती कर्मचारीमा कोरोना देखिएको हो ।

Advertisement

पोखरा ७ की संक्रमित २९ वर्षीय महिला भौतिक पूर्वाधार विकास मन्त्रालय, गण्डकी प्रदेशमा कार्यरत इन्जिनियर हुन् ।

यस्तै लम्जुङको सहोदर अस्पतालमा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । राईनास ७ की ३९ वर्षीया महिला संक्रमित अस्पतालमा कार्यरत कर्मचारी हुन् ।

Advertisement

आज नै बाग्लुङमा १ र गोर्खामा ११ जनामा संक्रमण पुष्टि भएको छ । बाग्लुङका १६ वर्षीय संक्रमित वीरगञ्जबाट आएर क्वारेन्टिनमा थिए । गोर्खाका सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ६९ पुगेको छ ।

तपाईको प्रतिक्रिया