देशभर २ हजार ६ सय ३८ संक्रमित थपिए

समाधान संवाददाता २०७७ असोज २८ गते १६:२९

काठमाडौं

पछिल्लो २४ घण्टामा देशभर २ हजार ६ सय ३८ जना कोरोना संक्रमित पुष्टि भएका छन्।

योसँगै कूल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ।

Advertisement

पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ।

२४ घण्टामा २ हजार १७४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ।

Advertisement

आज देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया