पोखरा महानगरका कर्मचारीलाई कोरोना, सेवा बन्द

समाधान संवाददाता २०७७ असोज २९ गते ९:३९
sdr

समाधान संवाददाता, पोखरा

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पोखरा महानगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । मेयर मानबहादुर जिसीले सूचना निकालेर अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द रहने जानकारी दिएका हुन् ।

महानगर स्रोतका अनुसार एक जना चालकलाई कोरोना पोजेटिभ देखिएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत सोमबार ती चालकको स्वाब संकलन गरिएको थियो ।

Advertisement

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि केही कर्मचारी होम बसेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया