गण्डकीमा थपिए ४ संक्रमित, सबै म्याग्दीका

समाधान संवाददाता २०७७ असोज २९ गते १६:२४

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमित थपिएका छन् । थपिएका ४ जना नै म्याग्दीका रहेका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा ४ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएको छ ।

Advertisement

बेनी नगरपालिकाका २ तथा रघुगंगा र मंगलाका १/१ जनामा संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिकाका ४९ वर्षीय संक्रमित नेपाल आर्मीमा कार्यरत छन् ।

यससँगै गण्डकीमा संक्रमितको संख्या ५ हजार ३ सय ४ पुगेको छ ।
संक्रमितमध्ये ३ हजार ४ सय ७० जना निको भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया