पोखरालाई कुनमिङको स्वास्थ्य सामग्री

समाधान संवाददाता २०७७ कार्तिक ३ गते ६:१८

समाधान संवाददता, पोखरा

पोखरा महानगरपालिकालाई भागिनी सहर चीनको कुनमिङले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कुनमिङबाट आएकाती सामग्री आइतबार महानगरलाई हस्तान्तरण गरिएको छ ।

Advertisement

नेपाल जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर लामिछानेले पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

कुनमिङले २० हजार सर्जिकल मास्क, २ हजार थान केएन ९५ मास्क, ७ सय ५० थानपिपिई ग्राउण्ड र ४ सय थर्ममिटर सहयोग गरेको पालिखेले बताए ।

Advertisement

पोखरा महानगरका मेयर मानबहादुर जिसीले कोभिड १९ सँगको लडाइँमा भगिनी सम्बन्ध स्थापित सहरबाट आएको सहयोग महत्वपूर्ण रहेको बताए ।

कुनमिङले गत जेठमापनि पोखरा महानगरलाई स्वास्थ्य सामाग्री सहयोग पठाएको थियो ।

कुनमिङले ३१ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको पोखरा महानगरका वैदेशिक समन्वय सहजकर्ता लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

चीनबाट सामग्री ल्याउने समन्वय संघका अध्यक्ष विश्वशंकर पालिखेले गरेका थिए ।

उनले नेपाल र चीनका नाकाहरु बन्द भएका कारण हवाई सेवा मार्फत स्वास्थ्य सामग्री नेपाल ल्याएको पालिखेले बताए ।

भगिनी सम्बन्ध जोडेका चीनका लिञ्जी, ग्वाङ्झाओबाट समेत गत जेठमा १ करोड बराबरकोस्वास्थ्य सामग्री प्राप्त भएको पोखरा महानगर समन्वयकर्ता लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

कुनमिङसँग सन् २००१ मा पोखरा महानगरले भगिनी सम्बन्ध स्थापित गरेको थियो । हालसम्म महानगरले विभिन्न देशका १३ नगरसँग मितेरी सम्बन्ध कायम गरेको छ ।

तपाईको प्रतिक्रिया