दसैँ भत्ताका नाममा सांसदहरुलाई बद्नाम गर्ने योजनाः सिंह

समाधान संवाददाता २०७७ कार्तिक ३ गते ११:५३

काठमाडौँ

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले संघीय संसदका सांसदहरुलाई दसैँ भत्ता दिने सरकारी निर्णय निन्दनीय भएको बताएका छन् ।

भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दसैँ भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको सिंहले आरोप लगाएका हुन् ।

Advertisement

विज्ञप्ति जारी गर्दै सिंहले भनेका छन्, ‘महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ ।’

सिंहले नेपाली काँग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दसैँ भत्ता फिर्ता गर्ने निर्णय गरेर सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन आग्रह गरेका छन् ।

Advertisement

उनले दसैँ भत्ता भन्दै आफ्नो नाममा आएको रकम फिर्ता गर्ने जानकारीसमेत गराएका छन् ।

उनले कोरोना नियन्त्रणका नाममा करोडौं रकम अनियमिततामा समेत सरकार मुछिएको आरोप लगाएक छन् ।

जनता कोरोनासँग संघर्षमा रहँदा सरकारका मन्त्रीहरु मेडिकल सामाग्री खरिदका नाममा विचौलिया पोस्ने र कमिसनको चक्करमा रमाउने गरेको देखिएको उनको जिकिर छ ।

तपाईको प्रतिक्रिया