आईपीएलकाे इतिहासमै चेन्नईकाे खराब यात्रा

एजेन्सी ।
आईपीएलकाे खेल सुरु हुनासाथ उपाधीकाे पहिलाे दावेदार चेन्नई सुपर किङ हुन्थ्याे, जहिले पनि । अहिले पनि खेल आधा सकिदासम्म पनि धेरै यस्तै अनुमान लगाउथे ।
७ खेल खेल्दा जम्मा ३ जितेकाे थियाे तर पनि महेन्द्र सिँह धाेनी नेतृत्वकाे चेन्नई सेमीफाइनल पुग्दैन भन्ने क्रिकेट प्रेमी पाउन कठिन नै थियाे । तर खेलकाे पासा यसरी पल्टियाे कि क्रिकेटका मै हुँ भन्नेले पनि चेन्नइकाे आलाेचना गर्न थालेका छन् ।
आइपीएलका १२ सिजन मध्ये ३ पटक विजेता र ८ पटक उपाधीका लागि भिडेकाे सबै भन्दा सफल मध्येकाे टिमकाे अहिले बुरा हालत छ । १० चरणका खेल सकिदा उ सबै भन्दा पुछारमा छ र अब खेल्न मात्र ४ खेल बाँकी छ । बाँकी ४ खेल धुँवाधार रुपमा जितेर मात्र उसलाई अन्तिम ४ मा पुग्न कठिन छ । अन्य टिमकाे प्रदर्शन र नेट रनरेटमा काफी बढाेत्तरी गर्नु पर्नेछ जुन असम्भव जस्तै छ ।
पुराना खेलाडी अर्थात बुढा खेलाडीकाे उपमा पाएकाे धाेनीकाे टिमले यस पटक कुनै पनि क्षेत्रमा राम्राे गर्न सकेकाे छैन । क्याप्टेन कुल भनेर चिनिने धाेनीकाे बल्ला पनि कुल छ । कुनै पनि खेलमा कमाल गर्न सकेकाे छैन । यिनीहरुकाे खेल हेर्दा साविककाे उपविजेता चेन्नई यस पटक साँच्चिकै अन्तिममा रहन लायक छ ।
साेमबार राती भएकाे खेलमा राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चौंथो जित निकालेको छ ।
अबुधाबीमा सोमबार राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो ।
शेख जायद क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
राजस्थानको जितमा जोस बट्लरले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे ।
यस्तै बेन स्टोक्सले १९ रन जोड्दा रोबिन उथप्पाले ४ रन बनाए । सन्जु सामसन सुन्य रनमा आउट भए ।
चेन्नईका दिपक चाहरले २ विकेट लिए । जोस हाजलउडले १ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो ।
चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित रहदै सर्वाधिक ३५ रन बनाए । यस्तै कप्तान महेन्द्र सिंह धोनीले २८ रन जोड्दा साम करणले २२ रन बनाए ।
अम्बाती रायाडु १३ रनमा आउट हुँदा फाप डु प्लेसिसले १० रन जोडे ।
राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले १/१ विकेट लिए ।
जितसँगै राजस्थानले प्ले अफमा पुग्न सम्भावना जीवितै राखेको छ ।
राजस्थानले १० खेलमा ८ अंक जोडेको छ । राजस्थान लिगको पाँचौं स्थानमा समेत उक्लिएको छ ।
यस्तै राजस्थानले यसै सिजन लगातार दोस्रो खेलमा चेन्नईलाई हराउँ सफल भएको छ । सिजनको पहिलो भेटमा राजस्थानले चेन्नईलाई १६ रनले हराएको थियो ।
चेन्नईको भने प्ले अफ सम्भावना कमजोर बनेको छ । चेन्नईले १० खेलमा ६ अंक जोडेको छ ।
सातौं हार व्यहोरेको चेन्नई तालिकाको पुछारमा रहेको छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया