आईपीएलकाे इतिहासमै चेन्नईकाे खराब यात्रा

समाधान संवाददाता २०७७ कार्तिक ४ गते ८:११

एजेन्सी ।

आईपीएलकाे खेल सुरु हुनासाथ उपाधीकाे पहिलाे दावेदार चेन्नई सुपर किङ हुन्थ्याे, जहिले पनि । अहिले पनि खेल आधा सकिदासम्म पनि धेरै यस्तै अनुमान लगाउथे ।

७ खेल खेल्दा जम्मा ३ जितेकाे थियाे तर पनि महेन्द्र सिँह धाेनी नेतृत्वकाे चेन्नई सेमीफाइनल पुग्दैन भन्ने क्रिकेट प्रेमी पाउन कठिन नै थियाे । तर खेलकाे पासा यसरी पल्टियाे कि क्रिकेटका मै हुँ भन्नेले पनि चेन्नइकाे आलाेचना गर्न थालेका छन् ।

Advertisement

आइपीएलका १२ सिजन मध्ये ३ पटक विजेता र ८ पटक उपाधीका लागि भिडेकाे सबै भन्दा सफल मध्येकाे टिमकाे अहिले बुरा हालत छ । १० चरणका खेल सकिदा उ सबै भन्दा पुछारमा छ र अब खेल्न मात्र ४ खेल बाँकी छ । बाँकी ४ खेल धुँवाधार रुपमा जितेर मात्र उसलाई अन्तिम ४ मा पुग्न कठिन छ । अन्य टिमकाे प्रदर्शन र नेट रनरेटमा काफी बढाेत्तरी गर्नु पर्नेछ जुन असम्भव जस्तै छ ।

पुराना खेलाडी अर्थात बुढा खेलाडीकाे उपमा पाएकाे धाेनीकाे टिमले यस पटक कुनै पनि क्षेत्रमा राम्राे गर्न सकेकाे छैन । क्याप्टेन कुल भनेर चिनिने धाेनीकाे बल्ला पनि कुल छ । कुनै पनि खेलमा कमाल गर्न सकेकाे छैन । यिनीहरुकाे खेल हेर्दा साविककाे उपविजेता चेन्नई यस पटक साँच्चिकै अन्तिममा रहन लायक छ ।

Advertisement

साेमबार राती भएकाे खेलमा राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चौंथो जित निकालेको छ ।

अबुधाबीमा सोमबार राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा जोस बट्लरले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे ।

यस्तै बेन स्टोक्सले १९ रन जोड्दा रोबिन उथप्पाले ४ रन बनाए । सन्जु सामसन सुन्य रनमा आउट भए ।

चेन्नईका दिपक चाहरले २ विकेट लिए । जोस हाजलउडले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो ।

चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित रहदै सर्वाधिक ३५ रन बनाए । यस्तै कप्तान महेन्द्र सिंह धोनीले २८ रन जोड्दा साम करणले २२ रन बनाए ।

अम्बाती रायाडु १३ रनमा आउट हुँदा फाप डु प्लेसिसले १० रन जोडे ।

राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले १/१ विकेट लिए ।

जितसँगै राजस्थानले प्ले अफमा पुग्न सम्भावना जीवितै राखेको छ ।

राजस्थानले १० खेलमा ८ अंक जोडेको छ । राजस्थान लिगको पाँचौं स्थानमा समेत उक्लिएको छ ।

यस्तै राजस्थानले यसै सिजन लगातार दोस्रो खेलमा चेन्नईलाई हराउँ सफल भएको छ । सिजनको पहिलो भेटमा राजस्थानले चेन्नईलाई १६ रनले हराएको थियो ।

चेन्नईको भने प्ले अफ सम्भावना कमजोर बनेको छ । चेन्नईले १० खेलमा ६ अंक जोडेको छ ।

सातौं हार व्यहोरेको चेन्नई तालिकाको पुछारमा रहेको छ ।

तपाईको प्रतिक्रिया