५ हजार ७ सय ४३ संक्रमित थपिए

समाधान संवाददाता २०७७ कार्तिक ५ गते १६:३१

समाधान संवाददाता

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जना कोरोना संक्रमित भएका छन् । एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको छ ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ९९६ छ । योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भएका छन् ।

Advertisement

आज देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७९१ पुगेको छ ।

तपाईको प्रतिक्रिया