पोखरामा होम आइसोलेसनका संक्रमितको अस्पताल लैजाँदै गर्दा मृत्यु
समाधान संवाददाता
२०७७ कार्तिक ६ गते १३:०१
समाधान संवाददाता, पोखरा
पोखरामा होम आइसोलेसनमा बसेका १ कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा १२ का ६७ वर्षे पुरुषको बुधबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।
मृत्यु हुनेमा कास्कीका १८, नवलपुरका ११, तनहुँका १०, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया