थपिए ३६३७ संक्रमित, मृतक संख्या ८ सय नाघ्यो

समाधान संवाददाता २०७७ कार्तिक ६ गते १६:४४

समाधान संवाददाता

देशभर ३ हजार ६३७ जना कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ।

Advertisement

पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पिसिआर परीक्षण भएको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ३ हजार २१५ छ। योसँगै हालसम्म १ लाख २ हजार ८२० जना निको भएका छन्।

Advertisement

देशभर ४४ हजार ८७७ जना सक्रिय संक्रमित छन्।

मृतक संख्या ८ सय नाघ्यो

नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय नाघेको छ।

गत २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया