पोखराका ४ संक्रमितको मृत्यु, गण्डकीमा मृतक ६३ पुगे

समाधान संवाददाता २०७७ कार्तिक ९ गते ७:४६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्य ६३ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान पोखराका ४ संक्रमितको मृत्यु पुष्टि गरेसँग मृतक संख्या ६३ पुगेको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका १ का ४२ वर्षे पुरुष, पोखरा २२ का ६८ वर्षे पुरुष, पोखरा ३१ का ५८ वर्षे पुरुष र पोखरा १५ का ५२ वर्षीया महिला रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

पोखरा १५ र पोखरा ३१ का संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको आइसियुमा शनिबार ज्यान गएको हो ।

पोखरा १५ कि महिलामा निमोनिया र श्वासप्रश्वासको समस्या थियो भने पोखरा ३१ का पुरुष निमोनिया, उच्च रक्तचाप र मधुमेहबाट ग्रसित थिए ।

Advertisement

पोखरा १ का पुरुषको चरक मेमोरियल हस्पिटलमा शुक्रबार राति र पोखरा २२ का पुरुषको गण्डकी मेडिकल कलेजमा शनिबार बिहान मृत्यु भएको निर्देशनालयले जनाएको छ । दुवैमा निमोनियाको समस्या थियो ।

मृत्यु हुनेमा कास्कीका २१, नवलपुरका ११, तनहुँका १०, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना छन् ।

गण्डकीमा ६४ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ३८ य ४३ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया