औषधी पसलेको शव डेरामै सडेको अवस्थामा भेटियो

समाधान संवाददाता २०७७ कार्तिक १३ गते १६:४०

पोखरा

पर्वतको डिमुवामा औषधी पसल गर्ने ३० वर्षे चेतन भन्ने चन्द्रबहादुर खत्री बिहीबार बिहान मृतावस्थामा भेटिएका छन् ।

डिमुवामा चेतन मेडिकल हल सञ्चालन गर्दै आएका उनी सुर्खेतको चौकुने गाउँपालिका ५ का स्थायी बासिन्दा हुन् ।

Advertisement

प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार उनको शव आफ्नै डेरामा सडेको अवस्थामा फेला परेको हो । लामो समयदेखि ढोका खुलेको नदेखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनको के कारणले कहिले मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीका डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया