कास्कीमा १२३ सहित गण्डकीमा थपिए १ सय ७१ संक्रमित

समाधान संवाददाता २०७७ कार्तिक १४ गते १६:१३

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा १ सय ७१ संक्रमित थपिएका छन् ।

प्रदेशका ९ जिल्लामा १ सय ७१ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Advertisement

थपिनेमा कास्कीका १ सय २३ जना छन् ।

तनहुँमा १३, पर्वतमा ९, नवलपरासीमा ५, स्याङ्जा, म्याग्दीमा ४÷४, बागलुङमा ९, गोरखा र लमजुङमा २÷२ संक्रमित थपिएका छन् ।

Advertisement

गण्डकीमा यससँगै कुल कोरोना संक्रमितको संख्या ७ हजार ३ सय १६ पुगेको छ । तीमध्ये ४ हजार ६६ जना निको भएका छन् भने ७५ जनाको ज्यान गएको छ ।

आज ३ को मृत्यु

गण्डकीमा थप ३ संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा बागलुङ, स्याङ्जा र कास्कीका १÷१ संक्रमित छन् ।

बागलुङको गलकोट नगरपालिका–३ का ७२ वर्षीय पुरुष संक्रमितको बिहिबार साँझ ५ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ । उनमा निमोनिया र उच्च रक्तचापको समस्या रहेको थियो ।

स्याङ्जाको वालिङ ५ की ७० वर्षीया महिला संक्रमित आज बिहान साढे ८ बजे उपचारका क्रममा मृत्यु भएको हो । उनमा रक्तअल्पता तथा क्षयरोगको समस्या थियो ।

पोखरा १५ का ८० वर्षीय पुरुष संक्रमितको आज होम आइसोलेसनमा मृत्यु भएको छ । उनमा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया