पोखरामा कोरोनाले १ पुरुषको मृत्यु
समाधान संवाददाता
२०७७ कार्तिक १६ गते १०:००

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा आज १ कोरोना संक्रमितको मृत्यु भएको छ ।
अन्नपूर्ण गाउँपालिका ३ का ४७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएकोे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।
कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएर आईसियुमा रहेका पुरुषको शनिबार राति साढे ११ बजे निधन भएको हो ।
उनमा कोरोनासहित निमोनियाको समस्या थियो ।
उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु हुने २४ औं संक्रमित हुन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया