पोउवा संघका अध्यक्ष र महासचिवमा कोरोना पुष्टि

समाधान संवाददाता
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आफ्ना दाइ धर्मराज अधिकारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनले स्वाब दिएका थिए । आइतबार उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।
अधिकारीसँगै घरका अन्य ६ सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । उनकी छोरी, धर्मराज अधिकारीको २ छोरी, ब्यवसायी तथा साईंला दाई केशवराज अधिकारीकी श्रीमती र आमालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफूहरुको अवस्था सामान्य रहेको र घरमै स्वास्थ्यलाभ गरिहेको अधिकारीले बताएका छन् ।
अधिकारीले उद्योगी÷व्यवसायीहरुलाई सुरक्षित रहेर सुरक्षाका प्रबन्धसहित व्यवसाय संचालन गर्न आग्रह गरेका छन् ।
कोरोना जोखिमबाट बच्नु नै अहिलेको पहिलो आवश्यकता भएको अधिकारीको तर्क छ ।
‘मान्छेको जीवनभन्दा ठूलो केही हुँदैन, त्यसैले व्यापार गर्दा सुरक्षाका मापदण्ड पूरा गर्न म संघका सदस्य तथा आम व्यवसायीहरुसँग हार्दिक अनुरोध गर्दछु ।’ अधिकारीले भने ।
उनले दसैं भर्खर सकिएको र तिहार आउँदै गरेको सन्दर्भमा महामारीको जोखिमलाई नजरअन्दाज नगर्न सर्वसाधारणलाई पनि आग्रह गरे ।
अध्यक्ष अधिकारीले समुदायमा फैलिएको संक्रमण तथा स्वास्थ्यका पूर्वाधारहरुप्रति गम्भीर बन्न स्थानीय, प्रदेश तथा संघीय सरकारसँग अपील गरेका छन् ।
‘कोरोनाको औषधी बनेको छैन, सामाजिक दूरी कायम गर्नु नागरिकको कर्तव्य हो भने स्वास्थ्यका पूर्वाधारको जोहो र पीसीआर परीक्षणको दायरा बढाउनु सरकारको जिम्मेवारी हो,’ उनले भने, ‘सरकार आफ्नो जिम्मेवारीप्रति गम्भीर बन्नैपर्छ ।’
उनले लकडाउन र निषेधाज्ञाका कारण थला परेको निजी क्षेत्रका समस्याप्रति गम्भीर बन्दै घोषित राहतका कार्यक्रमहरु तत्काल लागु गर्नेतर्फ पनि सरकारको ध्यानकर्षण गराएका छन् ।
यस्तै पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कोरोना पुष्टि भएको बताएका छन् ।
‘ढिलोचाँडो एक दिन कोरोना संक्रमण अवश्य हुन्छ भन्ने मेरो मान्यता थियो र आज त्योबाट म अछुतो रहिन,’ उनले लेखेका छन्, ‘लक्षण देखिए पछि १० दिनदेखि होम आइसोलेसनमा भएकाले कोहिसँगपनि सम्पर्कमा छैन ।’
पोखरेलले कोरोना संक्रमित हुनु पाप नभएकाले संक्रमितलाई सम्मान गर्न आग्रह गरेका छन् ।








खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा
विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया