पोखरामा आकस्मिक रक्तदान

समाधान संवाददाता २०७७ कार्तिक १८ गते ९:५१

समाधान संवाददाता, पोखरा

पोखरामा रगत अभाव हुन सामाजिक संघ संस्थाहरुले आकस्मिक रक्तदान गर्न थालेका छन् ।

सोही क्रममा लायन्स क्लब अफ पोखरा मुनालले सोमबार पोखरा ३ नदीपुरमा आकस्मिक रक्तदान गरेको छ ।

Advertisement

कार्यक्रममा २४ युनिट रगत संकलन भएको लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालका रक्तदान डिपार्टमेन्ट चिफ तथा नेपाल रेडक्रस सोसाइटी कास्कीका स्वास्थ्य समितिका सदस्य बालकृष्ण शर्माले जानकारी दिए ।

लकडाउन र निषेधाज्ञाको अवधिमा रगत अभाव हुन नदिन रक्तदान गरेको क्लबले दोस्रो पटक कार्यक्रम गरेको अध्यक्ष पुरुषोत्तम पहारीले बताए ।

Advertisement

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजु, क्लबका सिनियर एड्भाइजर तेजनारायण पराजुली, लायन्स क्लबका रिजन चियर पर्सन ज्ञानेन्द्रराज कोइराला, क्षेत्रीय रक्त सञ्चार केन्द्र (ब्लड बंंैक) पोखराका प्राविधिक महेन्द्र केसी, कार्यक्रम संयोजक तथा रक्तदाता स्वयंसेवी समाजका अध्यक्ष जीतेन्द्रमान शाक्य लगायतले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।

सामाजिक संघ संस्थाले दैनिक जसो खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएपनिगत कात्तिक ५ गते यता वडा दसैंको अवधिमा कार्यक्रम हुन सकेको छैन ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका पदाधिकारी, ब्लड बैंकका कर्मचारीलाई कोरोना पोजेटिभ देखिए पछि आन्तरिक रुपमा व्यवस्थापनका लागि सार्वजनिक रुपमा रक्तदानका कार्यक्रम स्थगित भएको थियो।

रेडक्रस कास्कीका स्वास्थ्य समितिका सदस्य शर्माले पोखरामा प्रयाप्त रगत नभएको अवस्थामा काठमाडौं, चितवन, बागलुङबाट समेत रगतको माग बढेपछि रक्तदान कार्यक्रमलाई अभियानकै रुपमा चलाउने जानकारी दिए ।

तपाईको प्रतिक्रिया