केसी निधनको शोकमा महानगरमा विदा
समाधान संवाददाता
२०७७ कार्तिक १८ गते ११:४२

पोखरा
तत्कालीन पोखरा नगर पञ्चायतका प्रधानपञ्च सूर्यबहादुर केसीको निधनमा पोखरा महानगरपालिकाले बुधबार आफ्नो कार्यालयमा विदा गरेको छ । सोमबार राति निधन भएका केसीको शोकमा महानगरपालिकाले मंगलबार १ दिनका लागि सबै वडा कार्यालयहरुमा पनि विदा दिएको छ । ‘पूर्वजनप्रतिनिधिको निधनको शोकमा कार्यालयमा विदा दिएका हौं,’ मेयर मानबहादुर जिसीले भने ।
केसीको आज सेतीनदीको शान्तिघाटमा अन्त्येष्टि भएको छ । सूर्यबहादुर केसी २०४१ र ४३ मा गरी २ पटक पोखरा नगर पञ्चायतको प्रधानपञ्च भएका थिए । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उनी पहिलो संविधान सभा सदस्य पनि हुन् ।
सम्बन्धित





पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया