पोखरा २५ का जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण, सेवा बन्द

समाधान संवाददाता २०७७ कार्तिक १९ गते २०:१३

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिका २५ ले सम्पूर्ण सेवा बन्द गरेको छ । वडाध्यक्ष शोभाकर तिम्सिनाले बुधबार सूचना निकालेर जनप्रतिनिधि र कर्मचारीमा कोरोना पोजेटिभ देखिएकाले अर्को सूचना नआउँदासम्म सेवा बन्द रहने जानकारी दिएका हुन् ।

बुधबार नै पोखरा २५ का ५२ वर्षे संक्रमित पुरुषको बुधबार मृत्यु भएको छ । ती पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । अत्यावश्यक कामबाहेक हिँड्डुल र भीडभाड नगर्न वडाध्यक्ष तिम्सिनाले आग्रह गरेका छन् ।

Advertisement

पछिल्लो समय पोखरामा दैनिक सयभन्दा बढी संक्रमित भेटिन थालेका छन् । बुधबारमात्रै १ सय ७९ जनामा पोजेटिभ देखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया