धौलागिरी अस्पतालमा हिजो मृत्यु भएका वृद्धमा कोरोना पुष्टि

समाधान संवाददाता २०७७ कार्तिक २१ गते १३:३०

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।

धौलागिरी अञ्चल अस्पतालमा उपचारको क्रममा बिहीबार दिउँसो साढे १ बजे मृत्यु भएका ८० वर्षे वृद्धमा आज संक्रमण पुष्टि भएको हो ।

Advertisement

ती वृद्ध बागलुङ नगरपालिका २ निवासी हुन् । अस्पतालका मेसु शैलेन्द्र विक पोख्रेलका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि ती वृद्ध बिहीबार बिहान अस्पताल आएका थिए ।

योसहित गण्डकीमा मृतक संख्या ९७ पुगेको छ । मृत्यु हुनेमा कास्कीका ३८, नवलपुरका १८, तनहुँका १४, गोरखाका ८, बागलुङका ८, स्याङ्जाका ७, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।

Advertisement

गण्डकीमा ८ हजार ६ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ४८ सय २ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया