देशभर थपिए २८१७ संक्रमित, २१ जनाको मृत्यु

समाधान संवाददाता २०७७ कार्तिक २३ गते १६:५७

काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ ।

थप २८१२ जना कोरोना संक्रमणमुक्त

Advertisement

पछिल्लो २४ घण्टामा थप २८१२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५७ हजार ९२६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११०८ पुगेको छ ।

तपाईको प्रतिक्रिया