छिमेकी वडाका कर्मचारीमा कोरोना देखिएपछि पोखरा २२ को सेवा बन्द

समाधान संवाददाता २०७७ कार्तिक २४ गते १५:२९

समाधान संवाददाता, पोखरा

पोखरामा एउटा वडामा संक्रमण देखिँदा अर्को वडाले सेवा बन्द गरेको छ । पोखरा महानगरपालिका १७ का कर्मचारीमा कोरोना पोजेटिभ देखिएकाले पोखरा २२ ले सोमबारदेखि आफ्नो सेवा बन्द गरेको हो ।

पोखरा १७ मा कार्यरत प्राविधिकले आफ्नो वडा पनि हेर्ने भएकाले कर्मचारी र जनप्रतिनिधमा संक्रमण फैलन सक्ने भएकाले सेवा बन्द गरिएको वडाध्यक्ष मित्रलाल बरालले जारी गरेको सूचनामा उल्लेख छ ।

Advertisement

कार्यालयबाट प्रदान हुने सबै सेवा शुक्रबारसम्मलाई बन्द गरिएको उनले बताए । पछिल्लो समय पोखरामा कोरोना संक्रमण दर निरन्तर उकालो लागिरहेको छ ।

गण्डकी प्रदेशमा दैनिक थपिनेमध्ये आधाभन्दा बढी संक्रमित पोखराकै हुन्छन् ।

Advertisement

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पछिल्लो १ हप्ता यता आधा दर्जन वडा कार्यालयले आफ्नो सेवा बन्द गरेका छन् । पोखरा १, २, १३, १७, २७ लगायत वडाले आफ्नो सेवा बन्द गरेका हुन् ।

तपाईको प्रतिक्रिया